काठमाडौँ ।
नेपाल बैंकले ब्याज छुटसहित कर्जा चुक्ता तथा नियमित गर्ने योजना ल्याएको छ । यस योजनाअनुसार २०७९ चैत मसान्तअघि खराब वर्गमा वर्गीकृत भई बाँकी सावाँ १ करोड रुपैयाँसम्म रहेका खराब तथा अपलेखित कर्जा ग्राहकले २०८३ असार मसान्तभित्र तोकिएका सर्त पूरा गरी ब्याज छुट सुविधा उपभोग गर्दै कर्जा चुक्ता गर्न सक्नेछन् ।
साथै २०८० वैशाख १ गतेपछि निष्क्रिय तथा सक्रिय वर्गमा रहेका ग्राहकहरूले २०८२ चैत मसान्तभित्र सावाँ र ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा पनि ब्याज छुटको सुविधा प्रदान गरिनेछ । बैंकले सम्बन्धित सबै ग्राहकहरूलाई नजिकको शाखा कार्यालयमा सम्पर्क गरी यस अवसरको अधिकतम लाभ लिन अनुरोध गरेको छ ।











प्रतिक्रिया