काठमाडौं ।
काठमाडौंमा सुनचाँदीको मूल्य लगातार घट्ने क्रम जारी रहेको छ। बिहीबार सुन प्रतितोला ५४०० रुपैयाँले घटेर ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन बुधबार पनि सुन २२०० रुपैयाँले घटेको थियो।
दुई दिनमै सुनको मूल्य तोलामा ७६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघ ले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेर बिहीबार प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ, जुन बुधबारको तुलनामा १४० रुपैयाँले कम हो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४८५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।











प्रतिक्रिया