यस सिजनको च्याम्पियन्स लिगमा बोडो÷ग्लिम्टको अदभूत र अप्रत्यासित यात्रा सकिएको छ । आर्कटिक सर्कलको उत्तरमा अवस्थित शहरमा प्रायः चिसोमा फुटबल खेलेका नर्वेलीहरूले च्याम्पियन्स लिगको डेब्यूमै अनपेक्षित परिणाम निकालेर सबैलाई चकित बनाएका थिए । उनीहरूको परीको कथा जस्तै यात्रा नकआउटमा पुगेर समाप्त भयो ।
त्यसो त बोडो÷ग्लिम्टले अन्तिम १६ को पहिलो लेगमा समेत आश्चर्य नतिजा निकालेको थियो । पहिलो लेग नर्वेकै मैदानमा भएको खेलमा स्पोर्टिङलाई ३–० ले हराएको थियो । यो नतिजापछि टोली क्वार्टरफाइनलको निकै निकट थियो । तर, दोस्रो लेग भने उनीहरूले सोचे जस्तो भएन ।
३–० को अग्रतासँगैं दोस्रो लेगमा बोडो÷ग्लिम्टले पोर्चुगलको मैदानमा बराबरी वा २–० को हार बेहोरेसम्म पनि क्वार्टरफाइनल पुगेर अझ यात्रालाई लम्ब्याउने संभावनामा थियो । तर, यस्तो भएन स्पोर्टिङले यस नयाँ टोलीलाई ५–० ले नराम्रोसँग हराइदियो । योसँगैं स्पोर्टिङ ५–३ को अग्रतामा क्वार्टरफाइनलमा पुग्यो र बोडो÷ग्लिम्ट टोली बाहिरियो ।
सिटी, मेड्रिडलाई हराएको
च्याम्प्यिन्स लिगको समूह चरणमा बोडो÷ग्लिम्टले म्यानचेस्टर सिटी र एटलेटिको म्याड्रिड जस्ता बलिया टोलीहरूलाई हराएको थियो । यस्तै, गत संस्करणको च्याम्पियन्स लिगमा फाइनल पुगेको इन्टर मिलानलाई समेत हराएको थियो ।
त्यसो त लिग चरणमा बोडो÷ग्लिम्टले सुरुका लगातार ६ खेलमा जित निकाल्न सकेको थिएन । यसपछि प्लेअफमा पुग्न बलिया टोलीहरूलाई हराउनु पर्ने दबाव बढेको थियो । उनीहरूले पेप ग्वार्डियोलाको टोली म्यानचेस्टर सिटीविरुद्ध ३–१ को प्रसिद्ध जित हासिल गरे ।
यसपछि एट्लेटिको मेड्रिडलाई पनि २–१ ले पराजित गरेपछि भने बोडो÷ग्लिम्टमाथि सबैको नजर परेको थियो । उनीहरूले पाँच वर्षअघि कन्फरेन्स लिगमा जोसे मौरन्होको टोली रोमालाई ६–१ ले पराजित गरेका थिए ।
प्लास्टिकले बनेको पिचमा खेल्छन्
नर्वेको उत्तरी भाग बोडोमा प्रायः जाडो महिनाहरूमा असाध्यै चिसो हुन्छ । त्यहाँ हिउँ पर्ने गर्दछ र हावा पनि चल्छ, तापक्रम माइनससम्म पुग्ने गर्दछ ।
कठिन मौसमको अवस्थामा त्यहाँका खेलाडीहरू प्लास्टिकबाट बनेको कृत्रिम पिचमा खेल्छन्, जुन धेरै पक्षहरूलाई घाँसमा खेल्न अभ्यस्त हुने कुरासँग सामना गर्न गाह्रो हुन्छ ।
बोडोले आफ्नो घरेलु खेलहरू एस्पमाइरा स्टेडियनमा खेल्छन्, जसको दर्शकक्षमता लगभग ८,५०० छ । बोडो शहरको लगभग सम्पूर्ण जनसंख्या इतिहाद स्टेडियम जस्तो मैदानमा पनि अटाउन सक्छ ।
ट्रान्सफरमार्केटका अनुसार, च्याम्पियन्स लिगको अन्तिम १६ मा बोडो÷ग्लिम्ट सबैभन्दा कम मूल्यवान टोली पनि हो । यसकोे कुल मूल्य ५७ मिलियन युरो रहेको छ ।











प्रतिक्रिया