काठमाडौं ।
सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन पाँच गल्फर संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् ।
प्रोफेसनल गल्फर शुक्र बहादुर राई, भुवन नगरकोटी, भुबहादुर गुरुङ र जयराम श्रेष्ठ तथा एमेच्योर राहुल विश्वकर्माले इभन–पार ६९ को स्कोर गर्दै शीर्षस्थान बाँडेका हुन् । १–ओभर ७० को स्कोरमा सञ्जय लामा छैटौं, २–ओभर ७१ को स्कोरमा रमेश अधिकारी सातौं र र ३–ओभर ७२ सहित भुवन कुमार रोक्का आठौं स्थानमा रहेका छन्।
४–ओभर ७३ स्कोर निकालेका रवि खड्का र प्रदीप कुमार लामाले संयुक्तरुपमा नवौं स्थान बाँडे ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीको सहभागिता रहेको छ। तीन दिने प्रतियोगिता ५४ होलको हुनेछ। दोस्रो दिनको समाप्तीपछि कट लागु हुनेछ। १८ शीर्ष प्रोफेसनल र एमेच्योर खेलाडीहरूले अन्तिम १८ होलको लागि कट बनाउनेछन् ।











प्रतिक्रिया