उदयपुर।
उदयपुरकाे बेलका नगरपालिका वडा नं ४ मा बुधवार साढे चार बजे गुडिरहेकाे स्कुल बसबाट खसेर १ बालककाे ज्यान गएकाे छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएकाे जानकारी अनुसार बेलका न.पा.वडा नं.०४ हरीपुर शिसवारी स्थित भित्रि सडक खण्डमा जहडाबाट हरिपुर तर्फ जाँदै गरेको को १ ख ३५१६ नं को बेलका बोर्डिङ स्कुलको बसबाट सोही बोर्डिङमा अध्ययनरत विद्यार्थी साेही ठाउँ बस्ने कृष्ण बस्नेतको छोरा बर्ष ९ को सफल बस्नेत गुडिरहेको स्कुल बसबाट अचानक खसी घटनास्थलमै ज्यान गएकाे हाे ।
घटनाको सूचना प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली खटि गई लाशको कानूनी प्रक्रिया पश्चात पोस्टमार्टमको लागि वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको छ । बस चालक बेलका न.पा.वडा नं.०८ सिसौली बस्ने बर्ष ३४ को प्रेम तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया