उदयपुर ।
उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ६ नेपालटारको मदन भढडारी लोकमार्गमा बुधवार बिशान १०ः४५ बजे मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरैको टिफर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बुधवार बिहान १०ः४५ बजे उदयपुरगढी गाँउपालिका वडा नं ६ कटारी चोक स्थित गाईघाटबाट कटारी तर्फ जाँदै गरेको बागमती प्रदेश –०३–००५ प ८६०० नं को मोटरसाईकललाई कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा ४ ख १४०९ नं को टिपरले ठक्कर दिई दुर्घटना भएको हो ।
सो दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला खोटाङ बराहपोखरी गाँउपालिका वडा नं। ५ बस्ने वर्ष ३० को भूपाल राई दुर्घटना परी गम्भीर घाइते भएकोमा जिल्ला अस्पताल उदयपुरमा ल्याई उपचार गराउने क्रममा मृत्यु भएको सोही अस्पतालका चिकित्सकले जानकारी दिएका छन् ।
दुर्घटनामा संलग्न सवारी साधनहरु अस्थाई प्रहरी पोस्ट नेपालटारको नियन्त्रणमा रहेको छ, घटना सम्बन्धमा थप अनुसन्धान तथा टिपर चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया