दोलखा।
दुवै मिर्गौला फेल भै उपचार गराई रहेका दोलखा फुलपाका युवा तिलक थामी थप उपचारको लागि सहयोगी हातको खोजिमा रहेका छन् । ६ जना परिवारको एकमात्र सहारा तिलक मिर्गौला फेल भै थला परेपछि सिंगो परिवारनै सङ्कटमा परेको छ ।
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– २ फुलपाका तिलक थामी दुवै मिर्गौला फेल भै लामो समयदेखी डायलसीस प्रविधि मार्फत उपचार गराउँदै आएका छन् । ३६ बर्षका तिलक मिर्गौला प्रत्यारोपण मार्फत स्वस्थ भै परिवारको लागि काम गर्न चाहेको तर आर्थिक अभावले त्यो सम्भव नभएको बताउँछन् ।
दुवै मिर्गौला फेल भै पीडा भोग्नु पर्दा यो धर्तिबाट छिट्टै विदा हुने मन बन्छ, तिलकले भने– तर घर– परिवारको दुःखले आफु स्वस्थ भै सहयोग गर्नुपर्ने दायित्व सम्झिएर बाँच्नै पर्ने आवश्यकता छ ।
उनले रोगको पीडामा मल्हम लगाउने सबै आफन्त, इष्टमित्र र सहयोगी मनहरुलाई धन्यवाद दिदै मिर्गौला प्रत्यारोपणको लागि थप सहयोगको आग्रह गरेका छन् । तिलकको परिवारमा श्रीमती, एक छोरी, आमा– बुबा र भाइ समेत ६ जना भएको र उनीहरु सबै तिलकसंगै आश्रीत रहेको फुलपाका स्थानीय सामाजिक अभियन्ता बद्री दहालले बताए ।
शिक्षण अस्पताल काठमाडौँमा उपचार गराउँदै आएका तिलक अहिले भाँडाको कोठामा बसेर नियमित डायलसीसको लागि अस्पताल पुग्ने गरेका छन् । आर्थिक अवस्था कम्जोर रहेको र भएको थोरै सम्पत्ति समेत उपचारमै सकिएकोले उनलाई सहयोगी हातहरुको आवश्यकता रहेको दहाल बताउँछन् ।
तिलकलाई केही सहयोग प्राप्त हुदै आएको तर नियमित उपचार र मिर्गौला प्रत्यारोपणको लागि थप रकम आवश्यक भएकोले देश– विदेशमा रहेका सहयोगी मनहरुलाई आग्रह गरिएको दहालको भनाई छ । तिलकलाई सहयोग गर्न चाहनेले उनको श्रीमती रिनु थामी (RENU THAMI) को नाममा माछापुच्छ्रे बैङ्कमा रहेको ०४४०९८८९९९८०००१५ नम्बरको खातामा रकम हालिदिन सक्ने वा उनको मोबाइल नम्बर ९८६६८८०१३३ मा सम्पर्क गरी सहयोग गर्न सक्ने अभियन्ता बद्री दहाल बताउँछन् ।











प्रतिक्रिया