काठमाडौँ
नेपाल बैंक लिमिटेड ले आफ्ना कर्जा ग्राहकका लागि ब्याज छुटसहित कर्जा चुक्ता तथा नियमित गर्ने आकर्षक योजना ल्याएको छ ।
यस योजनाअनुसार वि.सं. २०७९ चैत मसान्तअघि खराब वर्गमा वर्गीकृत भई बाँकी सावाँ १ करोड रुपैयाँसम्म रहेका खराब तथा अपलेखित कर्जा ग्राहकले वि.सं. २०८३ असार मसान्तभित्र तोकिएका सर्त पूरा गरी ब्याज छुट सुविधा उपभोग गर्दै कर्जा चुक्ता गर्न सक्नेछन् ।
साथै वि.सं. २०८० वैशाख १ गतेपछि निष्क्रिय तथा सक्रिय वर्गमा रहेका ग्राहकहरूले वि.सं. २०८२ चैत मसान्तभित्र सावाँ र ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा पनि ब्याज छुटको सुविधा प्रदान गरिनेछ ।
बैंकले सम्बन्धित सबै ग्राहकहरूलाई नजिकको शाखा कार्यालयमा सम्पर्क गरी यस अवसरको अधिकतम लाभ लिन अनुरोध गरेको छ ।











प्रतिक्रिया