काठमाडौँ
एभरेष्ट बैंक लिमिटेडले तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री व्यवस्थापनका लागि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ। बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८” नामक ऋणपत्र जारी गर्ने तयारी गरेको हो ।
प्रति कित्ता एक हजार रुपियाँ दरका ३० लाख युनिट ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात् एक अर्ब २० करोड रुपियाँ बराबरका १२ लाख युनिट सर्वसाधारणलाई निष्कासन गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात् एक अर्ब ८० करोड रुपियाँ बराबरका १८ लाख युनिट व्यक्तिगत तवरबाट बिक्री गरिने जनाइएको छ ।
छ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ६ दशमलव २५ प्रतिशत ब्याजदर रहनेछ, जसको भुक्तानी अर्धवार्षिक रूपमा प्रत्येक ६–६ महिनामा गरिनेछ । सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।











प्रतिक्रिया