परस्त्री सम्बन्धले लियो ज्यान

एक जना पक्राउ,एक फरार

9.49k
Shares

बाजुरा। 

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा न. दुई  पुडेनीमा ढुंगा प्रहार गरी एक जनाको हत्या भएको छ । पुडेनी बस्ने अन्दाजी ३५ वर्षका सर्वाश बुढाको ढुंङ्गा प्रहार गरी हत्या भएको हो ।

  सोमबार सोही ठाँउ बस्ने अन्दाजी ४५ बर्षे धनबहादुर महतरा र उनका छोरा अन्दाजी १८ बर्षका हेमराज महतराले सर्वाशको टाउकोमा ढुंङ्गा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे वडाध्यक्ष विष्णुबहादुर बुढाले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मुक्तिकोबाट प्रहरी नायब निरीक्षक रवीन्द्र धामीको नेतृत्वमा टोली खटिएको थियो ।

कुटपिटमा संलग्न धन बहादुर महतरालाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ भने उनका छोरा हेमराज महतरा फरार रहेका  र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।  इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनाको थप अनुसन्धानका लागि खटिएका प्रहरी श्रोतले जनाएको छ । 

स्थानीय बासिन्दाका अनुसार धनबहादुर महताराकी पत्नीसंंग मृतक सर्वाश बुढाको  विगतदेखि अनैतिक सम्बन्ध रहेको थियो ।  बुढालाई पटक पटक सम्झाउँदा पनि उनले अनैतिक सम्बन्ध टुटाउन चाहेनन् । उनकै कारण  धनवाहादुर महताराको घरवार विर्गेको आरोप बुढालाई लागेको थियो । पाँच वच्चाकी आमाले परपुरुषसंग लागेको थाहा पाएपछि  महताराकी पत्नी विगतदेखि माइती घरमा बस्दै आएकी थिइन्। उनले जिल्ला अदालत बाजुरामा सम्बन्ध विच्छेदको मुद्दा पनि  दायरगरेकी छन् । यद्यपि  फैसला हुन बाँकी छ  न्याधिवक्ता हर्क खडायतले भने ।