सोमबार रातीको हावाहुरीले किसान पीडित 

1.22k
Shares

रौतहट 

 रौतहटको उत्तरीभेगमा सोमबार रातीको हावाहुरीले किसानहरुको केरा र मकैलाई नोक्सानी पुर्‍याएको छ । चन्द्रपुर नगरपालिकाको खेतीयोग्य जमिनमा लगाइएको केरा र मकै बालीलाई तीव्र वेगको हावाहुरीले नोक्सानी पुराइपछि किसानहरु मर्कामा परेका छन् ।

 पछिल्लो समय केराखेतीको हब भनेर चिनिएको चन्द्रपुर–३ गैडाटारका किसानहरुको केराखेतीमा निकै नोक्सानी पुगेको छ भने चन्द्रपुरका अन्य भेगमा लगाइएको मकै हावाहुरीले ढालेको छ । दुई घण्टा चलेको तीव्र हुरीले फल्नै लागेको बेलामा नोक्सानी पुराएपछि किसनहरु चिन्तित बनेका छन् । 

चन्द्रपुर–३ गैडाटारका उपेन्द्र गोलेका अनुसार हावाहुरीले पाक्ने समयको केराका बोटहरू जरैबाट उखेलिदिएको छ । हावाहुरीले धेरैजसो केराका बोट बीचैमा भाँचिएर ढलेको छ । पसाएर पाक्ने तयारीमा रहेको केरा ढलेपछि किसानहरूको वर्षौँदेखिको परिश्रम एकैछिनमा तहसनहस बनाई दिएको स्थानीयको दुखेसो  रहेको छ ।  … प्राकृतिक विपत्तिका कारण किसानहरुले हरेक वर्ष क्षति भोग्दै आएपनि सम्बन्धित निकाय बाट सहयोग नहुँदा  उनीहरु थप पीडित बन्नु परेको छ ।