हावाहुरी र प्रतिकूल मौषमका कारण गण्डकी र एपिएफ बीचको खेल स्थगित

बिभागीय आर्मी क्लब फाईनलमा

564
Shares

नवलपरासी ।

नवलपरासीको कावासोतीमा जारी जिएम कप राष्ट्रिय पुरूष भलिबल प्रतियोगितामा बिभागी क्लब त्रिभुवन आर्मी फाईनल प्रवेश गरेको छ ।

सोमबारको पहिलो सेमिफाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २६र२४,२५र२१,२५र२३ को सोझो सेटले हराउदै फाईनल खेलका लागि मार्ग सुनिश्चित गरेको हो ।

त्यसै गरि अर्को बिभागीय टिम एपिएफ र गण्डकी प्रदेश बीच निखै प्रतिस्पर्धात्मक खेल भई रहदा अचानक खेल मैदानमा आएको हावाहुरीले खेल स्थगित भएको छ ।
गण्डकी र एपिएफ बीचको प्रतिष्पर्धामा गण्डकीले २ र एपिएफले १ सेट जितेर खेल हुदाहुदै प्रतिकूल मौषमका कारण खेल रोकिन पुगेको हो ।

मौषम प्रतिकुलताका कारण स्थगित खेल मंगलबार बिहान ८ बजे बाट सुरू हुने र फाइनल खेल अपरान्ह संचालन हुने बताईएको छ ।

मोफसलमा संचालित जिएम कप भलिबल प्रतियोताको जारी दोश्रो संकरणमा ३ बिभागीय टिम सहित देशका ७ प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगिताका बिजयी समूह प्रथम देखि सान्त्वना स्थान सम्मले कमशः ३ लाख देखि ५० हजार सम्म नगद पुरस्कार तथा ट्रफी हात पार्नेछन् ।