उदयपुर ।
सोमबार साँझ साढे सात बजेको समयमा अकस्मात आएको वर्षा र हावाहुरीका कारण उदयपुरको कटारी नगरपालिका वडा नं ५ र ८ मा रुखले किचेर दुई जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार कटारी नगरपालिका वडा नम्बर ५ तिनकुने चोक स्थित राधाकृष्ण मन्दिर नजिक वीरेन्द्र चौधरीको टिनको छाना भएको काठको बेरा भएको पसल समेत रहेको घरमा नजिकै रहेको सुकेको सालको रुख वर्षा सँगै आएको हावाहुरीको कारण अचानक घर माथि ढली किच्दा उक्त पसल घरमा रहेका १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी नायव उपरीक्षक सहितको २० जनाको प्रहरी टोली खटी गई उद्धार कार्य गरिएको थिया े। उक्त घटनामा परेका घरधनी वर्ष ६४ को वीरेन्द्र चौधरीलाई उपचारको लागि प्रादेशिक अस्पताल कटारीमा लगिएकोमा निजको मृत्यु भइसकेको सोही अस्पतालका चिकित्सकले जानकारी दिएका छन्। ।
सोही घटनामै परि मृतकका नातिनी अन्दाजी वर्ष ५ कि बिनिषा चौधरी तथा कटारी नपा वडा नं ३ आहाले डाँडा बस्ने वर्ष २७ को युवराज कार्की, कटारी नपा वडा नं ५ बलाहा बस्ने वर्ष ४६ को लीला बहादुर दनुवार, सोही ठाउँ बस्ने बस्ने वर्ष ४६ को प्रेमचन्द्र दनुवार र कटारी नपा वडा नं १२ बसेरी बस्ने डोर बहादुर परियारको छोरी अन्दाजी वर्ष १६ की अस्मिता परियार घाइते भई हाल प्रादेशिक अस्पताल कटारीमा उपचाररत छन्। । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यसैगरी कटारी नगरपालिका वडा नं ८ स्थित थलियाटारमा मदन बहादुर तामाङको श्रीमती वर्ष ४९ की मिनामाया तामाङ घर नजिकै रहेको गोठबाट खसीबाख्रा घरमा सार्ने क्रममा वर्षासँगै आएको हावाहुरीको कारण घर नजिकैमा रहेको कटमिरोको रुखको हाँगा भाँचि चोट लाग्दा निजको मृत्यु भएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी नायव उपरीक्षक सहितको ७ जनाको प्रहरी टोली खटि गई गम्भीर घाईते भएकी मिनामाया तामाङलाई उपचारको लागी प्रादेशिक अस्पताल कटारी उदयपुरमा ल्याईएकोमा निजको मृत्यु भइसकेको सोही अस्पतालका चिकित्सकले जानकारी दिएका छन ।
उक्त दुबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मिति २०८२।१२।०२ गते अ।१९स्३० बजे कटारी नगरपालिका वडा नम्बर ८ थलियाटार स्थितमा सोही स्थान बस्ने मदन बहादुर तामाङको श्रीमती अ। वर्ष ४९ की मिनामाया तामाङ घर नजिकै रहेको गोठबाट खसीबाख्रा घरमा सार्ने क्रममा वर्षासँगै आएको हावाहुरीको कारण घर नजिकैमा रहेको कटमिरोको रुखको हाँगा भाँचि चोट लाग्दा निजको मृत्यु भएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी नायव उपरीक्षक सहितको ७ जनाको प्रहरी टोली खटि गई गम्भीर घाईते भएकी मिनामाया तामाङलाई उपचारको लागी प्रादेशिक अस्पताल कटारी उदयपुरमा ल्याईएकोमा निजको मृत्यु भइसकेको सोही अस्पतालका चिकित्सकले जानकारी दिएका छन् ।
उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
घरमा सुकेको रुख लडी किच्दा , १ जनाको मृत्यु ५ जना घाइते
कटारी नगरपालिका वडा नम्बर ५ तिनकुने चोक स्थित राधाकृष्ण मन्दिर नजिक वीरेन्द्र चौधरीको टिनको छाना भएको काठको बेरा भएको पसल समेत रहेको घरमा नजिकै रहेको सुकेको सालको रुख वर्षा सँगै आएको हावाहुरीको कारण अचानक घर माथि ढली किच्दा उक्त पसल घरमा रहेका १ जनाको मृत्यु,५ जना घाईते भएका छन् ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी नायव उपरीक्षक सहितको २० जनाको प्रहरी टोली खटी गई उद्धार कार्य गरिएको थियो। उक्त घटनामा परेका घरधनी वर्ष ६४ को वीरेन्द्र चौधरीलाई उपचारको लागि प्रादेशिक अस्पताल कटारीमा लगिएकोमा निजको मृत्यु भइसकेको सोही अस्पतालका चिकित्सकले जानकारी दिएका छन्।
सोही घटनामै परि मृतकका नातिनी अन्दाजी वर्ष ५ कि बिनिषा चौधरी तथा ऐ।ऐ। वडा नं ३ आहाले डाँडा बस्ने अ। वर्ष २७ को युवराज कार्की,ऐ।ऐ।वडा नं। ५ बलाहा बस्ने अ। वर्ष ४६ को लीला बहादुर दनुवार, ऐ।ऐ। बस्ने वर्ष ४६ को प्रेमचन्द्र दनुवार र ऐ। ऐ।वडा नं। १२ बसेरी बस्ने डोर बहादुर परियारको छोरी अन्दाजी वर्ष १६ की अस्मिता परियार घाइते भई हाल प्रादेशिक अस्पताल कटारीमा उपचाररत छन्।
उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।











प्रतिक्रिया