नवलपरासी।
नवलपरासीको कावासाेतीमा जारी जिएम कप राष्ट्रिय पुरूष भलिबल प्रतियाेगितामा बिभागी क्लब त्रिभुवन आर्मी फाईनल प्रवेश गरेको छ ।
साेमबारकाे पहिलाे सेमिफाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २६/२४,२५/२१,२५/२३ काे साेझाे सेटले हराउदै फाईनल खेलका लागि मार्ग सुनिश्चित गरेको हो ।
त्यसैगरी अर्काे विभागीय टिम एपिएफ र गण्डकी प्रदेश बीच निखै प्रतिस्पर्धात्मक खेल भइरहँदा अचानक खेल मैदानमा आएको हावाहुरीले खेल स्थगित भएको छ।
गण्डकी र एपिएफ बीचकाे प्रतिस्पर्धामा गण्डकीले २ र एपिएफले १ सेट जितेर खेल हुँदाहुँदै प्रतिकूल मौसमका कारण खेल रोकिन पुगेको हो ।
प्रतियोगिताकाे जारी एवं बाँकी खेल भलिबलकाे बिद्धमान नियम अनुसार अघि बढ्ने आयोजक पक्षले जनाएको छ ।
माेफसलमा सञ्चालित जिएम कप भलिबल प्रतियाेताकाे जारी दाेश्राे संकरणमा ३ विभागीय टिम सहित देशका ७ प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताका विजयी समूह प्रथमदेखि सान्त्वना स्थान सम्मले कमशः ३ लाख देखि ५० हजार सम्म नगद पुरस्कार तथा ट्रफी हात पार्नेछन् ।











प्रतिक्रिया