नेपालमा सिएफमोटो २ सय ५० डुअल ईएफआई मोटरसाइकल सार्वजनिक


काठमाडौँ
नेपालको लागि सिएफमोटो मोटरसाइकलको आधिकारिक तथा एकमात्र वितरक ऋषि ट्रेड सेन्टरले भव्य कार्यक्रम आयोजना गर्दै बहुप्रतिक्षित सिएफमोटो २ सय ५० डुअल ईएफआई मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कार्यक्रममा मोटरसाइकल पारखी, चर्चित बाइक चालक, सामाजिक सञ्जालका प्रभावकर्ता, सञ्चारकर्मी तथा सिएफमोटोको अन्तर्राष्ट्रिय टोलीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कम्पनीका अनुसार साहसिक यात्रा मन पराउने चालकहरूलाई लक्षित गर्दै तयार गरिएको यो मोटरसाइकल सामान्य सडक र अफरोड दुवै प्रकारका यात्राका लागि उपयुक्त हुने गरी डिजाइन गरिएको छ । नेपालका विभिन्न प्रकारका सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको यो मोटरसाइकलले प्रदर्शन, टिकाउपन र बहुउपयोगिताको सन्तुलन दिने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

सिएफमोटो २ सय ५० डुअल ईएफआईमा २ सय ४९ सिसी क्षमताको एक सिलिन्डर इलेक्ट्रोनिक इन्धन इन्जेक्सन प्रणालीयुक्त इन्जिन जडान गरिएको छ । यसले राम्रो शक्ति र इन्धन दक्षता प्रदान गर्नुका साथै थ्रोटल प्रतिक्रिया सहज बनाउने र इन्धन खपत कम गर्ने कम्पनीको दाबी छ ।

मोटरसाइकलमा सहरका सडकदेखि अप्ठेरा बाटोसम्म सहज रूपमा चलाउन सकिने डुअल पर्पोज डिजाइन रहेको छ । २ सय ४५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएकाले नेपालका विविध सडक अवस्थाका लागि उपयुक्त मानिएको छ । यसमा डिस्क ब्रेक तथा उन्नत ब्रेक प्रणाली जडान गरिएको छ, जसले सवारी सुरक्षामा सहयोग पुर्याउने बताइएको छ । हल्का तर बलियो फ्रेमका कारण मोटरसाइकल चुस्त र टिकाउ रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रमका क्रममा बाइक चालकहरूसँग अन्तरक्रिया, सञ्चारकर्मीसँग संवाद तथा मोटरसाइकलको प्रत्यक्ष प्रदर्शनसमेत गरिएको थियो। सहभागीले मोटरसाइकलको अवलोकन गरेका थिए ।

सिएफमोटोले नेपालमा आफ्नो उत्पादन दायरा विस्तार गर्दै आएको छ । नयाँ मोडल सार्वजनिकसँगै अन्तर्राष्ट्रिय स्तरको प्रविधि र आधुनिक डिजाइन भएका मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले दोहोर्याएको छ ।

सिएफमोटो २ सय ५० डुअल ईएफआईको प्रारम्भिक मूल्य ५ लाख ४९ हजार ९ सय रुपियाँ तोकिएको छ । यो मोटरसाइकल पोलार ह्वाइट, लाइम ग्रीन र टुन्ड्रा ग्रे गरी तीन रङमा उपलब्ध हुनेछ ।

सिएफमोटो विश्वभर चिनिएको मोटरसाइकल निर्माता कम्पनी हो । कम्पनीले उच्च प्रदर्शन क्षमताका मोटरसाइकल, कृषि प्रयोजनका चारपांग्रे सवारी तथा पावरस्पोट्र्स सवारी साधन उत्पादन गर्दै आएको छ । सन् २०२५ को पहिलो तीन त्रैमासिकमा कम्पनीले करिब २ अर्ब १० करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको जनाएको छ । कम्पनीका अनुसार हाल ५० भन्दा बढी बुकिङ २० भन्दा बढी बिक्रि भएको जनाएको छ ।