काठमाडौँ।
सर्वोच्च अदालतले प्रतिनिसिभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेजविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले साहको पक्षमा अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो । योसँगै निर्वाचन आयोगले विजेताको प्रमाणपत्र दिएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मातृका यादवलाई सांसदको शपथ लिने बाटो खुलेको छ ।
धनुषा–१ मा आफ्नो उम्मेदवारी खारेज र नेकपाका यादवलाई विजयी घोषणा गरेपछि साह सर्वोच्चमा गएका थिए । धनुषा–१ मा रास्वपाबाट उम्मेदवारी दिएका साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले मतदानको दुईदिन अघि उनको उम्मेदवारी खारेज गरेको थियो ।
मतगणनापछि निर्वाचन अधिकृतको कार्यालयले नेकपाका उम्मेदवार यादवलाई विजयी भएको प्रमाणपत्र दिएको थियो । त्यसविरुद्ध पनि साहले सर्वोच्चमा रिट दायर गरेका थिए ।











प्रतिक्रिया