जीएम कप भलिबल: पुलिससँग सोझो सेटमा पराजित हुँदै लुम्बिनी प्रतियोगिताबाट बाहिरियो

564
Shares

नवलपरासी। 

नवलपरासी पूर्वमा जारी जीएम कप राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताकाे नकाउट चरणबाट लुम्बिनी प्रदेश बाहिरिएकाे छ । आज (आईतवार ) काे सुरुवाती खेलमै नेपाल पुलिस क्लबले २५ /१८,२५/१३ र २५/१८काे सोझो सेटले हराए पछि लुम्बिनी प्रतियोगिताबाट बाहिरिएकाे हाे ।

अहिले त्रिभुवन आर्मी क्लब र सुदूर पश्चिम प्रदेश बीच खेल जारी रहेकाे छ । जसमा आर्मीले दुई खेल जिती सकेको छ । मौसमी प्रतिकुलता बीच पनि स्थानीय कुमारवर्ती क्याम्पस खेल मैदानमा सुदूर र आर्मी क्लब बीच प्रतिस्पर्धात्मक खेल भइरहेको छ ।

पुलिस,आर्मी र एपिएफका बिभागीय टिमसहित सातै प्रदेशकाे सहभागिता रहेकाे जिएम कप भलिबल दाेश्राे संस्करणको पहिलो पुरस्कार ३ लाख रूपैयाँ ट्रफी रहेकाे छ ।