जि एम कप भलिबलमा,लुम्बिनी बाहिरियाे

376
Shares

नवलपरासी ।

नवलपरासी पूर्वमा जारी जिएम कप राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताकाे नकाउट चरणबाट लुम्बिनी प्रदेश बाहिरिएकाे छ ।

आज (आईतवार ) काे सुरूवाती खेलमै नेपाल पुलिस क्लबले २५ /१८,२५/१३ र २५/१८काे साेझाे सेटले हराए पछि लुम्बिनी प्रतियोगिताबाट बाहिरिएकाे हाे ।

अहिले त्रिभुवन आर्मी क्लब र सुदुर पश्चिम प्रदेश बीच खेल जारी रहेकाे छ । माैषमी प्रतिकुलता बीच पनि स्थानीय कुमारवर्ती क्याम्पस खेल मैदानमा सुदुर र आर्मी क्लब बीच प्रतिष्पर्धात्मक खेल भई रहेकाे छ ।

पुलिस,आर्मी र एपिएफका बिभागीय टिम सहित सातै प्रदेशकाे सहभागिता रहेकाे जिएम कप भलिबल दाेश्राे संस्करणकाे पहिलाे पुरस्कार ३ लाख रूपैयाँ ट्रफी रहेकाे छ ।