नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ ।

नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ। शुक्रबार भने यही सुनको मूल्य तोलामा ३ लाख १४ हजार २०० रुपैयाँ थियो। यसअनुसार दुई दिनमै सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आइतबार १० ग्राम सुनको मूल्य २ लाख ६५ हजार २६० रुपैयाँ रहेको छ, जुन शुक्रबार २ लाख ६९ हजार ३७५ रुपैयाँ थियो।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी तोलामा ५ हजार २७० रुपैयाँ कायम भएको छ, जबकि शुक्रबार यसको मूल्य तोलामा ५ हजार ४९५ रुपैयाँ थियो। यस अवधिमा चाँदीको मूल्य तोलामा २२५ रुपैयाँले घटेको महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार १० ग्राम चाँदीको मूल्य ४ हजार ५१८ रुपैयाँ कायम भएको छ, जबकि शुक्रबार १० ग्राम चाँदीको मूल्य ४ हजार ७११ रुपैयाँ थियो।