मेष : दिन शुभ भएकाले राज्यसुख, राजनीतिमा सफलता, शारीरिक स्वस्थता होला ।
वृष : शुरुको समयमा समस्या आइलागे पनि दिनभर सुख–सन्तोष, लाभ हुने देखिन्छ ।
मिथुन : बिहान लाभ, सम्मान होला । त्यसपछि भने झमेला, कष्ट आइलाग्न सक्छ ।
कर्कट : दिन फलदायक शुभ छ । धनप्राप्ति, विजय, सफलता, इज्जत–प्रतिष्ठा वृद्धि होला ।
सिंह : समय उत्तम भएकाले कार्य सिद्धि, सुख–सन्तोष, विजय, पारिवारिक सुख, लाभ होला ।
कन्या : बिहान केही गडबड, तनाव भए पनि त्यसपछि भने कार्य सफल, तनावमुक्त होला ।
तुला : बिहानको समयमा लाभ, प्रतिष्ठा होला । त्यसपछि भने स्वास्थ्य समस्या आउन सक्छ ।
वृश्चिक : तपाईंका लागि दिन शुभ छ । आर्थिक लाभ, पराक्रम, उन्नति–प्रगति होला ।
धनु : समय उत्तम भएकाले भाग्योदय, अन्नलाभ, मिष्ठान्न भोजन, कार्य सफल हुन सक्छ ।
मकर : बिहान खर्च, कार्य बाधा हुन सक्छ । त्यसपछि भने कार्य सफल, प्रसन्नता होला ।
कुम्भ : शुरुमा लाभ, सुखानुभूति होला । दिन बित्दै जाँदा तनाव नहोला भन्न सकिँदैन ।
मीन : समय अनुकूल छ । रोगव्याधि हरण, इष्टमित्रसँग भेटघाट, धन लाभ, स्फूर्ति बढ्ला ।












प्रतिक्रिया