जिएम कपका पाँच खेल सम्पन्न

0
Shares

नवलपरासी। 

नवलपरासीकाे कावासाेतीमा दाेश्राे जि एम कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताका ५ खेल सम्पन्न भएका छन् । प्रतियोगिताको लिग चरण अन्तर्गत तेश्राे,चाैंथाे र पाचाैं खेलमा काेशी प्रदेश, विभागीय टिम नेपाल आर्मी र एपिएफ टिम विजयी भएका हुन् ।

शुक्रबार दाेश्राे दिनकाे पहिलाे खेलमा काेशीले बाग्मती प्रदेशलाई १९,१७ र १३ काे साेझाे सेटमै पराजित गरेकाे छ भने आर्मीले मधेश प्रदेश टिमसंग १२,११ र १५ मा जित निकालेकाे थियाे ।

त्यसैगरी  एपिएफ र सुदुर पश्चिम प्रदेश बीचकाे खेलमा २५,२६ र २५ काे साेझाे सेटमै एपिएफले सुदुर पश्चिमलाई १५,२४ र १३ अंकले पछाडि पारेकाे अन्तर्राष्ट्रिय रेफ्री एवं रेफ्री डेलिगेट तहल सिंह रानाले बताए ।

सुदुर पश्चिम र एपिएफ बीचकाे खेलमा एपिएफका ८ नम्बर जर्सीधारी खेलाडी सराेज बर्देवा म्यान अफदि म्याच घाेसित भएका थिए ।

बिहिवार प्रतियोगिताको उद्घाटन खेल नेपाल पुलिस र काेशी प्रदेश बीच भएकाे थियाे । दाेश्राे खेल मधेश र कर्णाली बीच सम्पन्न भएकाे हाे । जसमा पुलिस र कर्णाली प्रदेश विजयी भएका थिए ।

देशका सातै प्रदेश,पुलिस,आर्मी र एपिएफ सहितका १० टिमकाे सहभागिता रहेकाे जिएम कप भलिबल प्रतियोगिता चैत ३ गते सम्म संचालनमा रहने बताइएको छ ।

जिएम साेसाइटी कावासाेती र जिल्ला खेलकुद विकास समिति नवलपुरकाे आयाेजनामा कावासाेती नगरपालिका सह आयाेजक तथा प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश प्रबर्द्धक रहेकाे प्रतियोगिताको प्रथम हुने विजेता टिमले शिल्ड प्रमाणपत्र सहित ३ लाख रूपैयाँ हात पार्ने छ ।

यसैगरी  भलिबल प्रतियोगितामा दाेश्राे हुने टिमले २ लाख, तेश्राे हुनेले १ लाख र सान्त्वना स्थान हासिल गर्नेले ५० हजार तथा उत्कृष्ट खेलाडी र विधागत गरि क्रमशः १० हजार र ५ हजार रूपैयाँ प्राप्त गर्ने आयाेजक जिएम समाजले जनाएकाे छ ।

शनिवार पुलिस र बाग्मती, आर्मी र कर्णाली तथा गण्डकी र लुम्बिनी बीच प्रतियोगिताको छैठौं,साताैं र आठौं खेल अन्तर्गतका राेमाञ्चक प्रतिष्पर्धाहरू हुने बताइएको छ ।