भद्रपुर।
झापाका ९० जना उम्मेदवारमध्ये ७८ जनाको जमानत जफत भएको छ । जमानत जफत हुनेहरुमा नेपाली काँग्रेस , नेकपा एमाले , राष्ट्रिय प्रजातन्त्र पार्टी , श्रम संस्कृति पार्टी , नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरुसहितको जमानत जफत भएको हो ।
खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका उम्मेदवारहरुको जमानत जफत भएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उमेदवारको धरौटी जफत हुने उल्लेख छ ।
झापा क्षेत्र नं १ मा १२ जना उम्मेदवारको जमानत जफत भएको छ । नेकपा एमालेका रामचन्द्र उप्रेती , राप्रपाका हेमराज कार्की , नेकपाका अशेष घिमिरेलगायतको जमानत जफत भएको छ । त्यस्तै क्षेत्र नं २ मा राप्रपाका भद्रप्रसाद नेपाल(स्वागत) , श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारी , नेकपाकी धर्मशीला चापागाँईसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ ।
त्यस्तै क्षेत्र नं ३ मा १५ जना उम्मेदवारको जमानत जफत भएको छ । नेपाली काँग्रेसका राजेन्द्र घिमिरे , नेकपा एमालेका हरिबहादुर राजवंशी , श्रम संस्कृति पार्टीका दिपक तिम्सिना , नेकपाका डिल्लीराम घिमिरेसहितको जमानत जफत भएको हो ।
त्यस्तै क्षेत्र नं ४ मा राप्रपाका भक्तिप्रसाद सिटौला , नेकपाका पुरुषोत्तम चुडालसहित १३ जना उम्मेदवारहरुले सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा जमानत जफत भएको छ ।
त्यस्तै क्षेत्र नं ५ मा नेपाली काँग्रेसकी मन्धरा चिमरिया , राप्रपाका लक्ष्मीप्रसाद संग्रौला,श्रम संस्कृति पार्टीका समिर तामाङसहित २२ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।











प्रतिक्रिया