खोटाङ ।
प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई बिजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार आरेन राईले १६ हजार ६ सय १२ मत ल्याउँदै बिजयी बन्नुभएको हो ।
आरेनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार देवबिक्रम राइले १२ हजार ७ सय १४ मत ल्याउनुभएको छ । यस्तै, नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९ सय ५६ मत पाउनुभयो । मत गणनाको अन्तिमसम्म श्रम संस्कृति, कांग्रेस र एमालेको रोचक प्रतिस्पर्धात्मक नतिजा आईरहेको थियो ।
श्रम संस्कृतिका तर्फबाट आरेनले सुरुवाती चरणदेखि नै अग्रता छाडनुभएको थिएन । दुई स्वतन्त्रसहित १५ ना उम्मेदवार रहेको जिल्लाबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट हरी रोकाले ९ हजार ४ सय ४३ मत पाउनुभयो । प्रतिनिधि सभा सदस्यका लागि भएको यस निर्वाचनका लागि एक लाख ४७ हजार १ सय २० जना मतदाता रहेको थियो ।
जसमध्ये ६३ हजार ३५ मत अर्थात ४३ प्रतिशत मात्र मत खसेको थियो । खसेको मतमध्ये मत बदर भएको छ । यस अघि २०७९ को निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनबाट तत्कालिन नेकपा माओबादी केन्द्रका रामकुमार राई (पासाङ) निर्वाचित हुनुभएको थियो ।











प्रतिक्रिया