खोटाङ।
प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार आरेन राईले १६ हजार ६ सय १२ मत ल्याउँदै विजयी बहेका हुन् ।
आरेनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार देवबिक्रम राइले १२ हजार ७ सय १४ मत ल्याएका छन् । यस्तै, नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९ सय ५६ मत पाए ।
मत गणनाको अन्तिमसम्म श्रम संस्कृति, कांग्रेस र एमालेको रोचक प्रतिस्पर्धात्मक नतिजा आईरहेको थियो । श्रम संस्कृतिका तर्फबाट आरेनले सुरुवाती चरणदेखि नै अग्रता छाडेका थिएनन् । दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेको जिल्लाबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट हरी रोकाले ९ हजार ४ सय ४३ मत पाए।
प्रतिनिधि सभा सदस्यका लागि भएको यस निर्वाचनका लागि एक लाख ४७ हजार १ सय २० जना मतदाता रहेको थियो । जसमध्ये ६३ हजार ३५ मत अर्थात ४३ प्रतिशत मात्र मत खसेको थियो । यस अघि २०७९ को निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनबाट तत्कालिन नेकपा माओबादी केन्द्रका रामकुमार राई (पासाङ) निर्वाचित भएका थिए।











प्रतिक्रिया