बैतडी।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी भएका छन्। भण्डारी २२ हजार १३४ मत ल्याएर विजयी भए। उनले ३ हजार ९ ४० मतले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरे।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरे।
यसअघि नेकपा एमालेबाट लगातार ३ पटक विजयी भएका दामाेदर भण्डारी भने यसपटक तेस्रो स्थानमा झरे। उनले १७ हजार ९१ मत ल्याए।
एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ७२ हजार ८४३ मतदाताले मतदान गरेका थिए । जसमा ५ हजार ११३ मत बदर भए











प्रतिक्रिया