काठमाडौं ।
कपिलवस्तु- १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मोहन आचार्य भारी मतान्तरले निर्वाचित भएका छन् ।
आचार्य ३४ हजार १ सय ४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई १८ हजार २ सय ८८ मतको फराकिलो अन्तरले पराजिग गर्दै निर्वाचित भएका हुन् । शर्माले १५ हजार ८ सय ६० मत प्राप्त गरेका छन् ।
त्यस्तै , नेपाली कांग्रेसका उम्मेदवार अतहर कमालले १४ हजार १ सय ८२ मत र नेकपा एमालेका उम्मेदवार विश्राम प्रसाद थारुले ७ हजार ९ सय ८१ मत ल्याएका छन् ।











प्रतिक्रिया