चितवन–२ मा रवि लामिछानेको अग्रता


भरतपुर ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले अग्रता कायम गरेका छन्।
हालसम्मको मतगणना परिणामअनुसार लामिछानेले २ हजार २५ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। उनलाई नेकपा (एमाले)का उम्मेदवार अस्मिन घिमिरेले पछ्याइरहेका छन्। घिमिरेले हालसम्म १ हजार ६९ मत प्राप्त गरेका छन्।

यसैगरी तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार प्रताप गुरुङ रहेका छन्। गुरुङले १ हजार १० मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलले ६६८ मत प्राप्त गरेकी छन्।

मतगणना जारी रहेकाले परिणाममा थप उतारचढाव आउन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।