न्युजिल्यान्डका ब्याटर फिन एलेनले पुरुषको टी २० विश्वकपको इतिहासमा छिटो शतक प्रहार गर्ने रेकर्ड राखेका छन् । कोलकाताको इडेन गार्डेन्स मैदानमा भएको सेमिफाइनल खेलमा ऐलनले ३३ बलमै शतक प्रहार गरेका हुन् ।
ओपनर एलेनले यसअघिको रेकर्डलाई धेरै पछिसमेत पारे । यसअघि वेस्ट इन्डिजका क्रिस गेलले २०१६ को टी २० विश्वकपमा ४७ बलमा शतक प्रहार गरेका थिए । यो रेकर्ड १० वर्षपछि तोडिँदा गेलले भन्दा एलेनले १४ बल कम खेलेका छन् । एलेनको ब्याटिङमा १० चौका र ८ छक्का सामेल थिए ।
एलेनको यो रेकर्ड समग्रमा टी २० अन्तर्राष्ट्रियको इतिहासमा भने तेस्रो छिटो शतक हो । टी २० अन्तर्राष्ट्रियको इतिहासमा सर्वाधिक छिटो शतकको रेकर्ड इस्टोनियाका साहिल चौहानको नाममा छ । उनले २०२४ जूनमा साइप्रसविरुद्ध २७ बलमा शतक प्रहार गरेका थिए । उनको यो विश्व रेकर्ड ब्याटिङमा ६ चौका र १८ छक्का सामेल थिए ।













प्रतिक्रिया