नवलपरासी पूर्व र पश्चिममा निर्वाचन शान्तिपूर्ण सम्पन्न

पूर्वमा ०७९ काे तुलनामा मत खस्यो

376
Shares

नवलपरासी। 

प्रतिनिधि सभा सदस्य पदका लागि बिहिवार भएकाे निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकाे छ । नवलपरासी पूर्वमा ५८.०८ र पश्चिममा ६४. ५१ प्रतिशत मतदान भएकाे दुबै जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार नवलपरासी पूर्वमा २ लाख ६८ हजार ५ सय २६ र पश्चिममा २ लाख ५४ हजार १ सय ५७ जनाकाे मतदाता नामावलीमा नाम रहेकाे थियाे ।

गत २०७९ सालमा नवलपरासी पूर्वमा ७५ प्रतिसत मत खसेकाे थियाे ।

मतदान सम्पन्न भएसंगै दुबै जिल्लाका मतदान केन्द्र एवं बुथहरूबाट पूर्ण सुरक्षाका साथ मतपत्रले भरिएका मतपेटिकाहरू सम्वन्धित मतगणना स्थलहरूमा ल्याउने कार्य भई रहेकाे छ ।

जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वका प्रवक्ता लालप्रसाद भुसालका अनुसार सबै मतपेटिका गणना स्थलमा आइपुग्ना साथ सर्वदलीय सहमतिमा मतगणना कार्य सुचारू गरिने छ ।