धादिङ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा धादिङ जिल्लामा छिटपुट घटना बाहेक शान्तिपूर्ण मतदान भएको छ ।
२७५२८० मतदाता रहेको धादिङ जिल्लामा १ लाख ३८ हजार ४ सय ४७ मत खसेको जिल्ला निर्वाचन अधिकारी शिव गुरुङले जानकारी दिए । जम्मा मतदातामध्ये ५० दशमलव २९ प्रतिशत मत खसेको हो । १ सय १४ मतदान स्थल र ३ सय १० मतदान केन्द्र रहेको छ ।
धादिङकाे शंखादेबी मतदान केन्द्र र मनरुपी मावि मतदान केन्द्रमा फर्जी मत हालिएकाे जानकारी स्थानीय प्रतिनिधिहरुले जनाएका छन् ।
धादिङ खनियाबास गाउँपालिका वडा नम्बर २ मतदान केन्द्रमा अक्थलीबाट आउदै गरेका १२/१३ जना मतदातालाई रास्वपा कार्यकर्ताले भिरमाथिबाट ढुंगा लडाएर गसेली पुलमा राेकिएकाे छ । मतदाताकाे सुरक्षाकर्मी उद्धार गरेका छन् ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मतदान केन्द्रमा अनियमित रुपमा उम्मेदवार प्रतिनिधि भन्दै मतदान केन्द्र प्रवेश अन्य मतदाताकाे मत हालिएकाे छ । नगरप्रमुख भीम ढुंगाना मतदान केन्द्र भित्र बसेर र उम्मेदवार प्रतिनिधि बनेर मतदान केन्द्र कब्जा गरेको सो स्थानका प्रतिनिधि भीम कुमालले जानकारी दिएका छन् ।
यसैगरी धादिङका पाँच मतदान केन्द्रमा संचारकर्मी र पर्यवेक्षकलाई राेक लगाईएकाे छ ।
वागेश्वरी मावि बैरेनी मतदान केन्द्रमा पर्यवेक्षक र पत्रकारलाई राेक लगाएको छ ।
वाशेश्वरी आवि गल्छी गाउँ पालिका ४ मा संचारकर्मी र पत्रकारलाई प्रवेशमा राेक लगाएको छ ।
महाकाली मावि मतदान केन्द्रमा सञ्चारकर्मीलाई निषेध गरिएको पत्रकार केशव अधिकारीले बताए ।
नीलकण्ठ मावि धादिङबेसी मतदान केन्द्रमा पर्यवेक्षकलाई पर्यवेक्षण गर्न राेक लगाईएकाे नियाेकका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए ।
घटनाका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी विजय सुवेदीले सहजीकरण गरिएको बताए ।
यसपछिपनि सञ्चारकर्मीलाई गेटबाट नै फर्काइएको छ ।











प्रतिक्रिया