रसुवामा ५५.३० प्रतिशत मत खस्यो 

470
Shares

प्रतिनिधि सभा सदस्य निर्वाचनमा रसुवा जिल्लामा ५५.३० प्रतिशत मत खसेकाे छ ।

जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार रसुवामा २२ हजार ९ सय ३४ मत खसेकाे छ । मतदान गर्ने मतदातामध्ये १२ हजार १ सय ८८ जना पुरूष र १० हजार ७ सय ४६ जना महिला रहेका छन् ।

३६ वटा मतदान स्थल र ५७ मतदान केन्द्र रहेकाे रसुवामा सवै ठाउँमा शान्त भयरहित वातावरणमा निर्वाचन सन्चालन भएकाे छ । सवभन्दा ढिलाे आईपुग्ने लाङटाङ बाट हेलिकप्टरमा मतपेटिका ल्याईने र अरूबाट माेटरबाट ल्याईनेछ ।