झापा।
झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलन तथा सिल गर्ने काम तीव्र रूपमा भइरहेको छ । मतदान केन्द्रहरूबाट मतपेटिका सुरक्षित रूपमा संकलन गरी सम्बन्धित स्थानमा ल्याउने क्रम जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ । उक्त बैठकले मतगणनासम्बन्धी आवश्यक निर्णय गरेपछि मतगणना प्रक्रिया सुरु गरिने बताइएको छ ।
अहिले विभिन्न मतदान केन्द्रबाट ल्याइएका मतपेटिकालाई सिल गर्ने काम भइरहेको छ । यसपटक झापा–५ देशकै सर्वाधिक चासोको निर्वाचन क्षेत्रका रूपमा हेरिएकाले मतगणनाप्रति सबैको ध्यान केन्द्रित भएको छ ।











प्रतिक्रिया