कर्णालीमा प्रतिनिधिसभा निर्वाचन : ३०.७ प्रतिशत मतदान


सुर्खेत।

कर्णाली प्रदेशका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दिउँसो १ बजेसम्म औसत ३०.७ प्रतिशत मतदान भएको छ। प्रदेशभर रहेका ९४१ मतदानस्थलमार्फत मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेशभर १० लाख ३७ हजार २५० मतदाता मध्ये हालसम्म ३ लाख १८ हजार ३०२ मत खसेका छन्। तीमध्ये १ लाख ६० हजार १५६ महिला र १ लाख ५८ हजार १४५ पुरुष मतदाता सहभागी भएका छन्।

जिल्लागत रूपमा हेर्दा हुम्लामा सबैभन्दा बढी ४३.७२ प्रतिशत मतदान भएको छ भने दैलेख–२ मा सबैभन्दा कम १६.८३ प्रतिशत मतदान भएको छ।
मतदान प्रतिशत यसप्रकार छः

सुर्खेत–१ : ३०.७२ प्रतिशत

सुर्खेत–२ : ३१.५३ प्रतिशत

दैलेख–१ : २१.९१ प्रतिशत

दैलेख–२ : १६.८३ प्रतिशत

जाजरकोट : ३४.०२ प्रतिशत

सल्यान : ३३.५७ प्रतिशत

रुकुम पश्चिम : ३४.५३ प्रतिशत

कालिकोट : २६.७९ प्रतिशत

जुम्ला : ३१.२० प्रतिशत

मुगु : ३७.५५ प्रतिशत

डोल्पा : ३४.०५ प्रतिशत

हुम्ला : ४३.७२ प्रतिशत

प्रदेशका सबै मतदानस्थलमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन अधिकारीहरूले बताएका छन्।