सुर्खेत ।
दुई वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा साढे १२ बजेसम्म ६३ हजार मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका ६३ हजार १०३ मत खसेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए । सुर्खेतमा २ लाख ४८ हजार ९४३ मतदाता सङ्ख्या रहेको छ । सुर्खेतमा बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।
यता, सुर्खेत कारागारमा मतदान सकिएको छ । प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार सुर्खेत कारागारमा ८८ मत खसेको छ । बिहान ७ बजेबाट मतदान सुरु भएको थियो । सुर्खेत कारागारमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ। १०३ जना मतदाता रहेको भनिए पनि केही कैदी स्थान्तरण भएकाले ८८ मत मात्रै खसेको गुरुङले बताए ।











प्रतिक्रिया