मतदान गर्न जाँदै गरेका मतदातामाथि ढुंगा खसालेर सडक अवरुद्ध


धादिङ ।

धादिङको खनियाबास गाउँपालिका–२ अक्थलीका स्थानीय मतदातालाई मतदानमा जानबाट रोक्ने उद्देश्यले माथिल्लो डुम्रे क्षेत्रमा भिरबाट ढुंगा खसालेर सडक अवरुद्ध गरिएको छ।

स्थानीयका अनुसार अक्थलीभन्दा तल रहेको हाइड्रो आयोजनाले खनेको सडक खण्डमा करिब २०० भन्दा बढी मतदाता अलपत्र परेका छन्। उनीहरू बेन्दीदेवी मतदान केन्द्रमा मतदान गर्न जाँदै गर्दा माथिबाट निरन्तर ढुंगा खसालेर बाटो अवरुद्ध गरिएको बताइएको छ।

भिरालो बाटो भएकाले माथिबाट ढुंगा हानिएको देखिएकाे छ ।

स्थानीयबासीले रास्वपा कार्यकताले ढुंगाहानेकाे बताएकाे स्थानीय प्रेम तामाङले जानकारी दिए ।

घटनापछि मतदातामा त्रास फैलिएको स्थानीयले बताएका छन्।

घटनास्थलबाट स्थानीय दिल तामाङले उद्धारका लागि नेपाली सेना आउने जानकारी पाएको बताएका छन्। अवरुद्ध सडक खुलाउने र अलपत्र परेका मतदातालाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुर्‍याउने प्रयास भइरहेको जनाइएको छ।