उदयपुरको कटारी ३ को मतदान केन्द्रमा सुरक्षाकर्मीको बन्दुक पड्कियो  

3.1k
Shares

उदयपुर ।

 उदयपुरको निर्वाचन क्षेत्र नं २ को कटारी नगरपालिका वडा नं ३ स्थित तरकारी तथा फलफूल बजारको तावाखोला मतदान केन्द्र ख मा सुरक्षाकर्मीले बोकेको बन्दुक आफै पड्किदा मतपेटिकामा क्षति पुगेको छ ।

कटारीबाट पत्रकार अभि लामिछानेले दिएको जानकारी अनुसार मतदान शुरु भइरहेको अवस्थामा सुरक्षाकर्मीले बोकेको बन्दुक प्राविधिक कारणले आफै पड्केको र मतपेटिका बाहेक अन्य कसनै पनि क्षति नभएको उनले बताए ।

सो मतपेटिकामा ४ मत खसेको र मतपत्र सुरक्षित रहेको छ । सुरक्षाकर्मीले मतदानस्थलको सुरक्षाकालागि बोकेको सर्टगनबाट पड्केको र हतियारको अवस्था हेरविचार नगरी बोकेका कारण बन्दुक पड्केको बताइएको छ ।

यस विषयमा उदयपुरका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले उदयपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ कटारी स्थित तरकारी तथा फलफूल बिक्री केन्द्र  ख मा मतपेटिका सुरक्षार्थ खटिएको प्रहरी जवानको लोडेड हतियारबाट अचानक गोली पड्किन गई प्रत्यक्ष तर्फको ४ वटा मत खसिसकेको अवस्थाको मतपेटिका क्षतिग्रस्त भएको । अर्को मतपेटिका प्रयोग गरी पुनः मतदान कार्य सुरु भएको भनी मतदान अधिकृतबाट जानकारी प्राप्त भएको छ ।। कुनै मानवीय क्षति नभएको र अहिले अवस्था सामान्य रहेको बताउनु भएको छ ।