नेकपाका सह–संयोजक नेपालले गरे मतदान 

1.32k
Shares

रौतहट । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालयमा मतदान गरेका छन् ।

मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले देशको विषम परिस्थितिका बीच भइरहेको निर्वाचनलाई सफल बनाउन सबै मतदाताले सजगता, धैर्यता र जिम्मेवारीका साथ मतदान गर्नुपर्ने बताए। पूर्वप्रधानमन्त्री नेपालले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि मताधिकारको सही प्रयोग आवश्यक रहेको उल्लेख गरे।

उनको मतदानसँगै उक्त केन्द्रमा सुरक्षाको व्यवस्था कडा पारिएको थियो। साथै मतदाताहरू उत्साहपूर्वक लाइनमा बसेर मतदान गरिरहेको दृश्य देखिएको थियो।

निर्वाचन कार्यालयका अनुसार जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ।