उदयपुरमा मतदान सुरु

376
Shares

उदयपुर। 

उदयपुरकाे  निर्वाचन क्षेत्र १ को त्रियुगा नगरपालिका वडा नं १० स्थित बालमन्दिर मा वि बोक्सेमा बिहान ७ बजेबाट मतदान सुरु भएको छ । बिहान छ बजे देखि नै मतदान कार्यकालागि मतदानस्थलमा कर्मचारीहरू तयार अवस्थामा रहेका छन् ।

 १८ गते नै मतदानस्थल तयार पारेर बसेका कर्मचारीहरु बिहीबार विहान मतदाताहरुलाई मतदान गराउने कामलाई अघि वढाउन ५ वटा मतदान केन्द्र बनाएर तयारी अवस्थामा बसेका छन् । विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु पनि तयारी अवस्थामा रहेका छन् भने मतदाताहरु पनि समय मै मतदान गरेर फर्कन आतुर रहेका छन् ।