अमेरिका र क्यानडाका लागि बिक्यो परालको आगो


लोकप्रिय सामाजिक र पारिवारिक कथामा आधारित फिल्म परालको आगो अमेरिका र क्यानडाका लागि सोल्ट आउट भएको छ। निर्माण पक्षले फिल्मको फस्ट लुक्स सार्वजनिक गरेको दुई दिनमै फिल्म अमेरिका र क्यानडाका लागि बिक्री भएको हो। फिल्म अमेरिका र क्यानडाका लागि इएनटीले किनेको हो। ‘हाम्रो फिल्मको अमेरिका र क्यानडामा प्रदर्शन अधिकार बिक्री गरिसकेका छौ“’ निर्माता सुशील पोखरेलले भने, ‘योबाहेक अन्य देशमा पनि कुराकानी भइरहेको छ।’
लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, सुहाना थापा, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बानिया“लगायतले अभिनय गरेका छन्। ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठान गरेको छ।

हरि ॐ सिने मेकर्स प्रालिको निर्माणमा सुशील पोखरेलद्वारा निर्मित फिल्ममा सुशील देवकोटाको लेखन, मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको गीत, शान्ति ठटालको संगीत, सत्य–स्वरुप र प्रकाश सपुतको गायन, किरण तुलाधरको पाश्व संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, प्रतिक चौधरीको कला निर्देशन, संकल्प भुजेलको छाया“कन, कनाल कुंवरको रंग संयोजन, समिर मिया र सत्यम रानाको भिएफएक्स र मिलन श्रेष्ठको सम्पादन रहेको छ।
गुरुप्रसाद मैनालीको नासो शिर्षकको कथा संग्रहमा समावेश कथा परालको आगोकै नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए।