नेपाल भाषाका फिल्म, संगीत र सांस्कृतिक सामग्रीलाई डिजिटल माध्यममार्फत विश्वका दर्शकमाझ पु¥याउने उद्देश्यले नेपालभाषाको पहिलो ओटीटी प्लेटफर्म नेवाः फ्लीक्सः सार्वजनिक गरिएको छ।
इलोहं इन्टरटेनमेन्टको आयोजनामा किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्समा हालै नेवाः फ्लीक्सः सार्वजनिक गरिएको हो। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले अब डिजीटल प्रविधिबाटै भाषा जोगाउनुपर्नेमा जोड दिए। ‘कुनै बेला हामी पद्मरत्न यात त्याका दिसँ, प्रतिगामी तत्व यात बुका दिसँ भन्दै पम्प्लेट छाप्थ्यौं, भित्ते लेख्थ्यौं। त्यो भाषा जोगाउने संघर्षको समय थियो। अहिले संघर्षको रूप फेरिएको छ– अब डिजिटलमै भाषा जोगाउनुपर्छ’ डिसीले भने। उनले प्रविधिस“ग नजोडिएको भाषा र सिनेमा टिक्न नसक्ने चर्चा गर्दै नेवाः प्mलीक्सजस्ता प्लेटफर्म समयको आवश्यकता भएको बताए।
डीसीले नेपाल चलचित्र विकास बोर्डले पुराना नेपाल भाषाका क्लासिक फिल्म सिलु, राजमतीलगायतको डिजिटलाइजेशनमा जोड दिइरहेको बताए। ‘हामीले हाम्रा ऐतिहासिक फिल्म जोगाउनुपर्छ। डिजिटल आर्काइभ र ओटीटी प्लेटफर्म नै अब संरक्षण र प्रवद्र्धनको प्रभावकारी बाटो हो,’ उनले थपे।
इलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले २६ वर्षदेखि प्रकाशन क्षेत्रमा सक्रिय संस्थाले समयअनुसार प्रविधिस“ग अघि बढ्ने निर्णय गर्दै ओटीटी सुरु गरेको बताए। उनका अनुसार दुई वर्षको मेहनतपछि प्लेटफर्म तयार भएको हो। इन्टरनेटमार्फत नेपाल भाषाका सिनेमा, म्युजिक भिडियो तथा सांस्कृतिक सामग्री हेर्न सकिने जानकारी पनि उनले दिए। ‘२०२२ सालतिर नेपाल भाषामाथि बन्देज थियो, अहिले समय परिवर्तन भइसकेको छ।
अब व्यावसायिक रूपमा सशक्त बन्ने बेला आएको छ’ उनले भने। किर्तिपुर सिनेप्लेक्स र नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले नेपाल भाषाको फिल्म प्रदर्शनमा समस्या आए सहकार्य गर्न तयार रहेको बताए। चर्चित फोटोग्राफर राजभाई सुवालले फिल्म प्रदर्शनको स्वरूप रीलबाट ओटीटीमा रूपान्तरण भएको उल्लेख गर्दै नेपालभाषा सिनेमा पनि नया“ युगमा प्रवेश गरेको बताए।
आयोजकका अनुसार नेवाः प्mलीक्सले सिनेमा हलसम्म पुग्न नसक्ने दर्शकलाई घरमै बसेर सामग्री हेर्ने अवसर दिनेछ। साथै नेपाल भाषाका फिल्म, संस्कृति र सम्पदालाई डिजिटल माध्यममार्फत विश्वदर्शक माझ पु¥याउने दीर्घकालीन लक्ष्य लिएको छ।











प्रतिक्रिया