गायक रुजन शिवाकोटीले जोस जाँगरका साथ नेपाल बनाउनका लागि सही मान्छे छान्नु पर्नेमा जोड दिंदै अमेरिकाबाट जोस जाँगर बोलको गीत सार्वजनिक गरेका छन्।
रुजनले गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्। डिपी खनालको शब्द रचना रहेको गीतमा देवेन्द्र बरालको संगीत रहेको छ। गीतमा रुजनले भाषण गर्ने मात्र नभई काम गर्ने हात चाहिनेमा जोड दिएका छन्। नेपालीको शक्ति दुनिया“लाई देखाउनु पर्ने तथा फुटेर नहुने कामर जुटेर गर्नुपर्ने भावमा उनले गीत गाएका छन्।
राष्ट्रिय भावले ओतप्रोत गीतको भिडियोमा रुजन गायकको रुजन प्रस्तुत भएका छन्। स्थिर दृश्य प्रस्तुत गरिएको गीतको भिडियोमा राष्ट्रिय भाव र नेपाली जनजीवनका दृश्य तस्विर प्रस्तुत गरिएको छ। भिडियो रुजनस“गै अमिषा कटुवालले खिचेकी हुन्। भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन्।
गीतको भिडियोमा गणेश पाण्डे, सविता पाण्डे, रमेश अधिकारी, ईश्वर अधिकारी, भुवन शिवाकोटी, रविना सिवाकोटी, कृष्ण कटुवाल, उमा कटुवाल, विक्रान्त झा, ममता झा, मोती भण्डारी, सुगन्ध श्रेष्ठ, रुपेश थापा, कविता थापा, शोभा श्रेष्ठ, पूजा पाण्डे, लक्ष्मी भुसाल, सुजता सिवाकोटी, मैया“ बुढाथोकी, लक्ष्मी काकी, रेखा खड्का, तारा अधिकारी, धन शिवाकोटी, सुनिल बुढाथोकी, शंकर दाहाललगायतलाई पनि प्रस्तुत गरिएको छ।











प्रतिक्रिया