राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता


काठमाडाैं ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएकाे छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेट भएको हो ।

भेटवार्तामा भोलि हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी थिइन्।