सिन्धुली ।
विपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ४ हिरापानीमा आज बस र स्कुटर ठक्कर खाई दुर्घटना हुदाँ एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।
काठमाडौँबाट सिन्धुलीको मरिण गाउँपालिका तर्फ जादै गरेको बा.४.ख ३८९४ नम्बरको बस र बजारबाट चियाबारी तर्फ जादै गरेको गरेको ज.१०.प.९२३ नम्बरको स्कुटर एक–आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका २ बित्तिजोर भन्ज्याङ घरभई हाल कमलामाई नगरपालिका ६ धुराबजार बस्ने ३४÷३५ बर्षिया चन्द्र श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्य प्रकास सुवेदीले जानकारी दिनुभयो ।
ठक्कर दिने बस र चालक हरिहरपुरगढी गाउँपालिकाका ४१ बर्षिया राज कुमार माझि जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नियन्त्रणमा रहेको छन् ।











प्रतिक्रिया