काठमाडौ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षामा खटिएका प्रहरी तथा कर्मचारीहरूको विभिन्न जिल्लामा मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित मतदान केन्द्रमा खटिएका ४२ वर्षीय रघुनाथ महतो अचानक बेहोस भई उपचारका क्रममा मृत्यु भएको हो।
कञ्चनपुरमा निर्वाचन ड्युटीमा रहेका ३५ वर्षीय मानसिंह राना पनि अचेत भएपछि अस्पतालमा उपचारका क्रममा निधन भयो। उनी उच्च रक्तचाप र मधुमेहका बिरामी थिए।
बैतडीमा एक महिनाको अवधिमा तीन जना निर्वाचन प्रहरीको मृत्यु भएको छ भने मकवानपुरमा गाडीको ठक्करबाट २४ वर्षीय पवन कुमार शाहको ज्यान गएको छ।
यस्तै, रामेछापमा सवारी दुर्घटनामा परेर एक प्रहरी सहायक निरीक्षक (असई) र मतदान अधिकृतको समेत मृत्यु भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षामा खटिएका ११ जना निर्वाचन प्रहरी र एक जना असईको मृत्यु भएको छ। विभिन्न जिल्लामा भएका यी घटनाले निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी र कर्मचारीको सुरक्षा व्यवस्थाप्रति चिन्ता बढाएको छ।











प्रतिक्रिया