प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद् बैठक


काठमाडौं ।

मुलुकको समसामयिक सुरक्षा अवस्थाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी हुन्। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार, देशको विद्यमान सुरक्षा अवस्था, निर्वाचन पूर्व तयारी, तथा सम्भावित चुनौतीबारे उच्चस्तरीय समीक्षा गरिनेछ।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागलगायत सुरक्षा निकायका प्रमुखहरू सहभागी हुने जनाइएको छ। पछिल्ला दिनमा देशका विभिन्न स्थानमा देखिएका सुरक्षा चुनौती र निर्वाचनको सन्दर्भमा रणनीतिक निर्णय हुन सक्ने अपेक्षा गरिएको छ।