काठमाडौँ।
नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। मंगलबार प्रतितोला २ हजार ५ सय रूपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला ११ हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला ३ लाख १७ हजार ६ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८ सय १५ रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी बुधबार प्रतिताेला ५ हजार ५ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ सय ७५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ५ हजार १ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।











प्रतिक्रिया