आगामी चैत १३ गते रिलीजमा आउने फिल्म हामी तीन भाइको फागु पूर्णिमाको अवसर पारेर सोमबार टिजर सार्वजनिक गरिएको छ।
निर्माण समूहले ओएसआर युटुब च्यानलबाट सार्वजनिक गरेको टिजरमा एक गाउँका तीन भाइको कथा प्रस्तुत गरिएको छ। टिजरमा बिनोद न्यौपाने, कुशल बिष्ट र फलित राईका दाजुभाइ एकदमै मिल्नेछन्। उनीहरू खेतबारी गोरुले झैं आफै नारिएर जोतिरहेको देखिन्छन्। उनीहरु त्यतिधेरै मिल्छन्। सानैमा बुबा आमा बिते पनि उनीहरूको माया ममता भनेको दाजुभाइ नै हो।
आमा बुबाको माया नपाएका यि तीन भाइमध्ये एक दाजु बिनोदसंग खटपट पर्छ। टिजरले मिलेर बसेका दाजुभाइ विवाहपछिको सम्बन्ध खटपट र संघर्षलाई प्रस्तुत गर्छ। नेपाली समाजमाको कथालाई निर्देशक मधुसुधन भट्टराईले टपक्कै टिपेर फिल्मका रुपमा प्रस्तुत गरेका छन्। सार्वजनिक टिजरले दर्शकमाझ कौतुहलता जगाउँछ। टिजर फिल्म कमेड र मार्मिक कथामा बनेको संकेत गरेको छ। टिजरमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, फलित राई, राजाराम पौडेल, रविन्द्र झालगायतका कलाकारलाई प्रस्तुत गरिएको छ।
मधुसुदन भट्टराईद्वार निर्देशित फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्न बहादुर भण्डारी (भोले), गोविन्द प्रसाद पौडेल, भुमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जनलगायतले अभिनय गरेका छन्।
प्रसिद्धि सिने आट्सर्् प्रालिको ब्यानरमा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठद्वारा निर्मित तथा साजित महतद्वारा प्रस्तुत फिल्ममा पटकथा र सम्वाद शिवम् अधिकारी, संगीत साप शक्ति र बाबुल गिरी, नृत्य निर्देशन कमल राई र इन्द्रदेव महर्जन, पाश्र्व संगीत सम्राट थापा, कला निर्देशक दिनेश लामा ‘गैंडा’, द्धन्द्ध निर्देशन देव महर्जन, ध्वनी मिश्रण मुकेश शाह, रंग संयोजन रेनिश फागो, ग्राफिक्स एक्स समिर मिया, छाया“कन शिव ढकाल र सम्पादन बनिश शाहको रहेको छ। साथै विक्रम तामाङ र भक्तलाल श्रेष्ठ सह–निर्माता रहेको फिल्मको यसअघि सार्वजनिक लिरिकल सङ मैले जति दुःख पिढा कष्ट पाको भएले चर्चा पाएको थियो।











प्रतिक्रिया