विजय र रश्मिका १४ राज्यमा मिठाई बाँड्दै बिहेको खुशी साट्दै


तामलि फिल्म उद्योग टलिउडका लोकप्रिय जोडी विजय देवरकोन्डा र रश्मिका मन्डाना गत बिहीबार विवाह बन्धनमा बाँधिए।
राजस्थानको उदयपुरमा परम्परागत रीतिरिवाजअनुसार विवाह गरेका उनीहरुले बिहेको खुशीयालीमा फ्यानहरूलाई मिठाई बाँड़ने भएका छन्। उनीहरूले तेलंगानादेखि बिहारसम्मका १४ राज्यका विभिन्न सहरमा मिाठाई पठाएर फ्यानको मुख मिठो बनाउने भएका हुन्। भारतिय सञ्चार माध्यमका अनुसार दिल्ली, आन्द्र प्रदेश, चण्डीगढ, उत्तर प्रदेश, गुजरात, मध्य प्रदेश, राजस्थानलगायतका स्थानमा उनीहरूले मिठाइ पठाउने भएका हुन्।

यो जोडीले सामाजिक सञ्जाल मार्फत भारतका विभिन्न मन्दिरमा अन्नदान गरिने भन्दै अन्न दान गरिने मन्दिरको सूची समेत सार्वजनिक गरेका छन्।
विवाहको पछिल्ला केही महिनादेखि यी दुई कलाकारको सम्बन्ध र विवाहबारे विभिन्न अड्कलबाजी भइरहेका थिए। यो जोडीको विवाहको खबरपछि फ्यानहरू पनि निकै उत्साहित देखिएका छन। उदयपुरस्थित एक रिसोर्टमा आयोजित सो विवाह समारोह एकदमै निजी तथा इन्टिमेट समारोहका रूपमा आयोजना गरिएको थियो। जसमा नजिकका परिवारजन र सीमित साथीभाइ मात्र सहभागी भएका थिए। विवाहअघिको संगीत समारोहमा विजयकी आमाले रश्मिकालाई खानदानी कंगन उपहार दिएकी थिईन्। परम्परागत प्रि–वेडिङ कार्यक्रमको सट्टा, विवाह स्थललाई नै लाइभ क्रिकेट खेल्ने मैदानमा रूपान्तरण गर्दै खेलबाट सुरु गरिएको थियो। फिल्मको कुरा गर्नुपर्दा विवाहपछि रश्मिका र विजय फिल्म राणबालीमा सँगै देखिने भएका छन्। यसअघि गीता गोविन्दम र डियर कम्रेडजस्ता फिल्ममा काम गरेको यो जोडीलाई दर्शकले अत्याधिक रुचाएका थिए।