गायक गायिका रामकृष्ण ढकाल र सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा तिमीसँग बोलको गीत सार्वजनिक गरिएको छ।
डिपी खनालको शब्द रचना, शंकर थापा स्माइलको संगीत र राजेन्द्र वाइवाको संगीत संयोजन रहेको गीत भिडियोसहित सार्वजनिक गरिएको हो। निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा सागर दाहाल र स्मारिका ढकाललाई फिचरिङ गरिएको छ।
भिडियोमा गायक रामकृष्ण र गायिका सुशीलालाई पनि प्रस्तुत गरिएको छ। सुदीप दाहालले निर्माण गरेको गीतको भिडियोमा उत्सव दाहालको छायांकन र विकास धमलाको सम्पादन छ। प्रेमील भावको गीतमा आफूले मन पराएको मान्छेसँग सधैं साथ रहँदा मन रमाउने भाव व्यक्त गरिएको छ। गीतको भिडियो सुशीला बस्नेत तिमिल्सिनाको युट्युब च्यानलमबाट सार्वजनिक गरिएको हो।











प्रतिक्रिया