लन्डन, (एजेन्सी)
रियल मेड्रिडले ला लिगाको लिडर बार्सिलोनासँग एक अंकको दुरी बनाउने मौका गुमाएको छ । घरेलु मैदान बेर्नाबेउमा भएको खेलमा रियल पाहुना टोली गेटाफेसँग १–० ले हारेको हो । यसअघि फेब्रुअरी २१ मा ओसासुनासँग २–१ ले पराजय बेहोरेको रियलको यो लगातार दोस्रो हार पनि भयो ।
साटारियानोले पहिलो हाफमा गरेको एक गोल नै रियलले पराजय बेहोर्न पर्याप्त भएको थियो । यो लगातार दोस्रो हारपछि रियल र बार्सिलोनाबीचको दूरी ४ अंकमा पुगेको छ । समान २६ खेल खेल्दा बार्सिलोनाको ६४ र रियलको ६० अंक रहेको छ ।
रियलले मुख्य स्ट्राइकर किलियन एम्बाप्पे र जुडे बेलिंगामविना नै खेल्नु परेको थियो । चोटका कारण विश्राम लिइरहेका उनीहरूविना रियललाई अन्य खेलाडीले उकास्न सकेनन् ।
त्यसो त रियलले खेलमा केही खतरनाक आक्रमण बुनेपनि गेटाफेका गोलकीपर डेभिड सोरियालाई भने छल्याउन सकेन । गोल आत्मसात गर्नुअघि भिनिसियस जुनियरले सुनौलो अवसर गुमाउनु पनि नतिजा सकारात्मक नभएको रियलका प्रशिक्षक अल्भारो आर्बेलोआले बताए ।
आर्बेलोआको नेतृत्वमा रियलले १२ खेलमा बेहोरेको यो चौथो हार हो । तर, उनले उपाधि दौड समाप्त नभएको बताए । उनले भने–‘अझै ३६ अंकका लागि खेल बाँकी छ, हामी हार मान्दैनौं । चार अंकको दूरी पूरा गर्न सकिन्छ ।











प्रतिक्रिया